दफा ६१
संयुक्त पुनरावलोकन समिति खडा गर्ने
: लागू मितिले तीन (३) महिनाभित्र विभागले नियुक्त गरेको तीन (३) जना र ठेकेदारले नियुक्त गरेको तीन (३) जना समेत छ (६) जना सदस्यहरू भएको एउटा संयुक्त पुनरावलोकन समिति खडा गरिनेछ । प्रत्येक पक्षको थप प्रतिनिधिहरूले पर्यवेक्षक वा वैकल्पिक सदस्यको रूपमा संयुक्त पुनरावलोकन समितिको बैठकहरूमा भाग लिन सक्नेछन् ।